रातैभरि लागिरह्यो टहटह जून
आइरह्यो तिम्रो याद दिलको दैलो छुन ...
झस्की कति, कति चोटी कोल्टे फेरिरहेँ
तिम्रै बाइँ बजे जस्तो झन् झन् सुनिरहेँ
वतासको पछि- पछि कोठाभित्र जून
आइरह्यो तिम्रो याद दिलको दैलो छुन
रातैभरि लागिरह्यो टहटह जून
आइरह्यो तिम्रो याद दिलको दैलो छुन ...
परैबाट सुसाउँदै बाटो बिराएर
खेदिरह्यो गण्डकीले निदलाई भिरैभिर
बार्दलीका झुत्तैभरि कुटु कुटु घुन
आइरह्यो तिम्रो याद दिलको दैलो छुन
रातैभरि लागिरह्यो टहटह जून
आइरह्यो तिम्रो याद दिलको दैलो छुन ...
Subscribe to:
Posts (Atom)
भर नहुने सहर
— हरीश अधिकारी कुँडुलिएर आफैँलाई खाइरहेको सर्पजस्तो बनेको छु म सहर । हिजो तमासले उचालिएर...
-
— हरीश अधिकारी कुँडुलिएर आफैँलाई खाइरहेको सर्पजस्तो बनेको छु म सहर । हिजो तमासले उचालिएर...
-
Flowing with a River: Musings on Life and Society
-
पानीलाई बादलले होइन बादललाई पानीले बोक्छ । पानी — बस् एक विशुद्ध तत्व हो जो चड्दैन बुई । बुई त प्रदुषण चड्छ पानी मा...