February 14, 2018

खाली कुर्सी र डोब

उठेर गएपछि,
वा पुरानिएपछि—च्यातिएपछि—थन्किएपछि,
कुर्सीले मान्छे
नबोकिरहेको भएपनि
बोकिरहेको भान दिने रहेछ

सम्झाइदिने रहेछ
उठिजानेहरुको वजन, तिनको
कर्म र स्वभाव, आवाज र अनुहार,
त्यसमा बसेको
सानै डोबले पनि

विस्तारित गरिदिने रहेछ
विरेचन हुँदै-हुँदै
पर-परसम्म
झोलुङ्गे पुल बनाउने रहेछ,
अनुपस्थितिले उपस्थितिसम्म।

February 01, 2018

Writing in English, Poetry, Poetics, and Criticism

This is a conversation originally published in The Applicant in 2012. It was republished in Kathmandu Tribune in 2018. Here I talk about 'Writing in English, Poetry, Poetics, and Criticism'. Here is the link: Interview in Kathmandu Tribune

श्रद्धाञ्जली

बाली भित्र्याउने बखत आकाशका ठेकेदारहरु  किन मरिरहेछन् यसरी  यो असिनानगरीमा !