January 14, 2020

कसरी बन्नु, र बनिरहनु 'फूल' ?


'फूल' देख्नलाई
पहिलो र अन्तिम शर्त
यो हो कि
तिमी आफैँ 'फूल' हुनुपर्छ

र सँधैभरि
'
फूल' भइरहन...
गार्हो छ !

आँखा लाइदिन्छन्
खुट्टै लाइदिन्छन्
अनाहकमा 

प्याच्च थुकिदिन्छन्
यहाँसम्म कि 

मलमुत्रले
फोहर पारिदिन्छन्

ख्यालख्यालमा
नजिकै आएर
माया जताए जस्तो गरी
मनपरी चुँडिदिन्छन्

छाँटिदिन्छन्
लतारिदिन्छन् पत्र- पत्रमा
छरिदिन्छन्

कसरी बन्नु, बनिरहनु
'फूल' ?

January 10, 2020

कुरोको चुरो

गाइगोरुलाई 
लगाए जस्तो तगारो 
लाएर चल्दैन जेठा 

यी कान्छाहरु 
बाठा भैसके अब 
जेठाहरुको मति देखेर

श्रद्धाञ्जली

बाली भित्र्याउने बखत आकाशका ठेकेदारहरु  किन मरिरहेछन् यसरी  यो असिनानगरीमा !