(राधिका बहिनी
प्रति)
भि SS त्र—
कतै चेप्टिएर
धावा बोल्दा माटोको आकाशले
कान्छी बहिनी बितिन्
जसरी हामी निसास्सिँदै छौँ आज
रातो- कालो रङ्गहरुको माझमा
चि SS सो शून्यताका नङ्ग्राहरु बीच
कतै चेप्टिएर
धावा बोल्दा माटोको आकाशले
कान्छी बहिनी बितिन्
जसरी हामी निसास्सिँदै छौँ आज
रातो- कालो रङ्गहरुको माझमा
चि SS सो शून्यताका नङ्ग्राहरु बीच
सम्झन्छु—
उनको कलिलो घामजस्तो अनुहार
र त्यसबाट आउने
जूनकै जस्तो मुस्कान
बिर्सनै सक्दिन
शीतल वतासजस्तो उनको मन
र आँधीजस्तो थामिनसक्नु उनको हठी स्वभाव
उनको कलिलो घामजस्तो अनुहार
र त्यसबाट आउने
जूनकै जस्तो मुस्कान
बिर्सनै सक्दिन
शीतल वतासजस्तो उनको मन
र आँधीजस्तो थामिनसक्नु उनको हठी स्वभाव
अन्तिम पटक
सम्झिएकी थिइन् होला बिचरीले
त्यो भित्ताको
रात्माटे ओडारभित्र चिसिँदै जाँदा
हामी सबैका अनुहार— किरिङ्मिरिङ्
बटारिएका जराहरुको गन्धले—
आमाको गर्भ, र गर्भभित्रकी उनी ।
सम्झिएकी थिइन् होला बिचरीले
त्यो भित्ताको
रात्माटे ओडारभित्र चिसिँदै जाँदा
हामी सबैका अनुहार— किरिङ्मिरिङ्
बटारिएका जराहरुको गन्धले—
आमाको गर्भ, र गर्भभित्रकी उनी ।
खैर,
जीवनले उनलाई
भ्रुण छँदै किच्यायो
र अपराधी बन्यो जीवन— हामी सबैको ।
त्यसपछि नै त हो— आमाले होस गुमाएको—
रुँदारुँदै हाँस्न, र हाँस्दाहाँस्दै
रुँन थालेको— एकलासमा
बु SS डो आँशु झार्दै—
देख्ने- सुन्ने सबैका निम्ति
एउटा नमिठो, अनुत्तरित प्रश्न बनेर ।
जीवनले उनलाई
भ्रुण छँदै किच्यायो
र अपराधी बन्यो जीवन— हामी सबैको ।
त्यसपछि नै त हो— आमाले होस गुमाएको—
रुँदारुँदै हाँस्न, र हाँस्दाहाँस्दै
रुँन थालेको— एकलासमा
बु SS डो आँशु झार्दै—
देख्ने- सुन्ने सबैका निम्ति
एउटा नमिठो, अनुत्तरित प्रश्न बनेर ।