March 22, 2011

चि SS सो गर्भ


(राधिका बहिनी प्रति)

भि SS त्र
कतै चेप्टिएर
धावा बोल्दा माटोको आकाशले
कान्छी बहिनी बितिन्
जसरी हामी निसास्सिँदै छौँ आज
रातो- कालो रङ्गहरुको माझमा
चि SS सो शून्यताका नङ्ग्राहरु बीच

सम्झन्छु
उनको कलिलो घामजस्तो अनुहार
र त्यसबाट आउने
जूनकै जस्तो मुस्कान
बिर्सनै सक्दिन
शीतल वतासजस्तो उनको मन
र आँधीजस्तो थामिनसक्नु उनको हठी स्वभाव

अन्तिम पटक
सम्झिएकी थिइन् होला बिचरीले
त्यो भित्ताको
रात्माटे ओडारभित्र चिसिँदै जाँदा
हामी सबैका अनुहारकिरिङ्मिरिङ्
बटारिएका जराहरुको गन्धले
आमाको गर्भ, र गर्भभित्रकी उनी ।

खैर,
जीवनले उनलाई
भ्रुण छँदै किच्यायो
र अपराधी बन्यो जीवनहामी सबैको ।
त्यसपछि नै त होआमाले होस गुमाएको
रुँदारुँदै हाँस्न, र हाँस्दाहाँस्दै
रुँन थालेकोएकलासमा
बु SS डो आँशु झार्दै
देख्ने- सुन्ने सबैका निम्ति
एउटा नमिठो, अनुत्तरित प्रश्न बनेर ।

No comments:

Post a Comment

भर नहुने सहर

                              — हरीश अधिकारी   कुँडुलिएर आफैँलाई खाइरहेको सर्पजस्तो बनेको छु म सहर ।   हिजो तमासले उचालिएर...