छेकेर कैल्यै छेकिन्न मुना हिउँदको बारले ।
फर्कनै फेरि नसक्ने गरी नजाऊ बिलाई;
बाटोको हिउँ पग्लेर जान्छ, बाधानै बिलाई !
बनाई हेर हिँडेर बाटो, तिम्रै हो संसार !
फुलाई हेर रोपेर फूल, सुगन्धी बहार !
झरेका पात झरिनै गए आँधीको धारले;
छेकेर कैल्यै छेकिन्न मुना हिउँदको बारले ।
हारेर आफैँ जितिन्न कैल्यै निठुरी संसार
रणमा मनको जितेर हेर, जितिन्छ संसार ।
लाछियो जहाँ रुखको हाँगो, पलाऊ त्यैँ फेरि;
बाँचेर हेर वसन्त नयाँ, उठाई शिर फेरि !
झरेका पात झरिनै गए आँधीको धारले;
छेकेर कैल्यै छेकिन्न मुना हिउँदको बारले ।
( जनवरी २०१८ मा के. यु. स्कुल अफ फार्मेसीमा अध्ययनरत एक छात्राले आत्महत्या गरेपछि कोरेको सानु टुक्रा । लाछिएर, भाँचिएर, किचिएर, थिचिएर पनि उठ्न खोज्छ बिस्तारै वसन्तको टुसा । त्यस्तै टुसातिर एक पटक फर्किएर हेरिहेर्दा फरक पो हुन्छ कि संसार ? )
No comments:
Post a Comment