March 22, 2019

पानीपन


डाँडा र खोँचहरु
हराएर जान्छन् पानीमा जसरी
जसरी आउँछन्
हावा / वतासको अघि- अघि
फेरि उचालिएर तरङ्गमा
टिलिक् पिलिक्
रङ
र टलकहरु
टल्किन्छन् जसरी
नाच्दै- खेल्दै हातेमालो गरेर
थाक्दैनन् जसरी
दिनरात
मार्छन् साउती जसरी
स- साना केटाकेटीहरुलेजस्तो
भुलिदिन्छन् जसरी 
छिनकोछिनमै
धार र खोबिल्टाहरु

लाग्छ उसै गरी
भुलिदिऊँ
नराम्रो-
भित्र राम्रो खोजूँ
आफू-
भित्र राम्रो बनूँ
रङहीनता-
भित्र रङ देखूँ ...
लाग्छ पानी बनूँ,
मात्र पानी !
र जाऊँ
पानीकै
कञ्चन देशमा
जहाँ
भएर पनि
न डाँडा- खोँचहरु छन्
न उफान छ रङहरुको
न छन् धार र खोबिल्टाहरु;
छ त केवल   
पानीपन ।


No comments:

Post a Comment

भर नहुने सहर

                              — हरीश अधिकारी   कुँडुलिएर आफैँलाई खाइरहेको सर्पजस्तो बनेको छु म सहर ।   हिजो तमासले उचालिएर...