July 14, 2019

आकाश

Photo Source: Facebook

आहा, हेर विकास,
यो माथिको आकाश !
रङ्गिचङ्गी क्या राम्रो
मनै छुने यो हाम्रो !
बादलका बुट्टा ती
सेता, काला, कलेजी
लुकामारी खेली खेली
रमाएका हेर ती !
भुरुरुरु उडेर
चरी जस्तै डुलेर
माथि माथि जाउँ कि
खेली उफ्री आऊँ कि ?!
सिमा हुन्न यसको रे
रहस्यमै यो छ रे !

No comments:

Post a Comment

श्रद्धाञ्जली

बाली भित्र्याउने बखत आकाशका ठेकेदारहरु  किन मरिरहेछन् यसरी  यो असिनानगरीमा !