उठेर गएपछि,
वा पुरानिएपछि—च्यातिएपछि—थन्किएपछि,
कुर्सीले मान्छे
नबोकिरहेको भएपनि
बोकिरहेको भान दिने रहेछ
सम्झाइदिने रहेछ
उठिजानेहरुको वजन, तिनको
कर्म र स्वभाव, आवाज र अनुहार,
त्यसमा बसेको
सानै डोबले पनि
विस्तारित गरिदिने रहेछ
विरेचन हुँदै-हुँदै
पर-परसम्म
झोलुङ्गे पुल बनाउने रहेछ,
अनुपस्थितिले उपस्थितिसम्म।
Subscribe to:
Post Comments (Atom)
भर नहुने सहर
— हरीश अधिकारी कुँडुलिएर आफैँलाई खाइरहेको सर्पजस्तो बनेको छु म सहर । हिजो तमासले उचालिएर...
-
Flowing with a River: Musings on Life and Society
-
Book Review on Amazon ******* Life Life goes through a tunnel which we make of a certain length to help ...
-
This is an Antaranga conversation, a literary program of Himshikhar television. Here I talk about 'Contemporary Nepali Poetry, its Trans...
No comments:
Post a Comment