May 22, 2014

गीत

रातैभरि लागिरह्यो टहटह जून
आइरह्यो तिम्रो याद दिलको दैलो छुन ...

झस्की कति, कति चोटी कोल्टे फेरिरहेँ
तिम्रै बाइँ बजे जस्तो झन् झन् सुनिरहेँ
वतासको पछि- पछि कोठाभित्र जून
आइरह्यो तिम्रो याद दिलको दैलो छुन
रातैभरि लागिरह्यो टहटह जून
आइरह्यो तिम्रो याद दिलको दैलो छुन ...

परैबाट सुसाउँदै बाटो बिराएर
खेदिरह्यो गण्डकीले निदलाई भिरैभिर
बार्दलीका झुत्तैभरि कुटु कुटु घुन
आइरह्यो तिम्रो याद दिलको दैलो छुन
रातैभरि लागिरह्यो टहटह जून
आइरह्यो तिम्रो याद दिलको दैलो छुन ...

No comments:

Post a Comment

श्रद्धाञ्जली

बाली भित्र्याउने बखत आकाशका ठेकेदारहरु  किन मरिरहेछन् यसरी  यो असिनानगरीमा !