March 11, 2017

केही हाइकु


टिल्-पिल् टिल्-पिल्
आँखैभरि छ फेवा—
बन्न नसकेको नदी ।


*******


पट्पटी फुटेको
दाइँपछिको खलो
जोत्नु छ अब ।


*******


मान्छेले नै जन्माको
संकृतिले खान्छ
मान्छेलाई ।


*******


घरि यो, घरि त्यो
के- के सोचिरहन्छ
फट्याङ्ग्रो दिमाग !

No comments:

Post a Comment

श्रद्धाञ्जली

बाली भित्र्याउने बखत आकाशका ठेकेदारहरु  किन मरिरहेछन् यसरी  यो असिनानगरीमा !