एक
दिन मरी जानु छ साथी
जति
नै भए पनि मान्छे माथि !
बज्र
परिरहेछ गड्याङ्गुडुङ्
आकाश
काल जस्तै छ कालो
मनमा
मृत्युको बाडी
पसिरहेछ
त्यो नदी हुँदै
जहाँ
चिच्याइरहेछन्,
डुबिरहेछन्,
तैरिरहेछन् मान्छेहरु
आँसुको भेल पनि आखिर
छ रमितैसरी यो संसारमा— यो संसारको रीत !
गुणा
र घटाउमा बिलाइजाने !
उखेले
पनि, नउखेले पनि जरा
क-कसको
हात कति ?
भोग्ने
कति, छिन्ने कति, रमिता हेर्ने कति ?
एक
दिन मरी जानु छ साथी
जति
नै भए पनि मान्छे माथि !