July 07, 2017

मृत्युको बाडी ...


एक दिन मरी जानु छ साथी
जति नै भए पनि मान्छे माथि !

बज्र परिरहेछ गड्याङ्गुडुङ्
आकाश काल जस्तै छ कालो 

मनमा मृत्युको बाडी
पसिरहेछ त्यो नदी हुँदै

जहाँ चिच्याइरहेछन्,
डुबिरहेछन्, तैरिरहेछन् मान्छेहरु

आँसुको भेल पनि आखिर
छ रमितैसरी यो संसारमा— यो संसारको रीत !

गुणा र घटाउमा बिलाइजाने !
उखेले पनि, नउखेले पनि जरा

क-कसको हात कति ?
भोग्ने कति, छिन्ने कति, रमिता हेर्ने कति ?

एक दिन मरी जानु छ साथी
जति नै भए पनि मान्छे माथि !

No comments:

Post a Comment

भर नहुने सहर

                              — हरीश अधिकारी   कुँडुलिएर आफैँलाई खाइरहेको सर्पजस्तो बनेको छु म सहर ।   हिजो तमासले उचालिएर...