March 31, 2019

हिँडे जति बाटो मेरो ...


हिँडे जति बाटो मेरो
Image Credit -- Google

नहिँडेको त खै कसको- कसको ...

छ यो जीवन हिँडनु मै छ
हिँडेर कहीँ न कहीँ पुग्नु मै छ
पछाडिका पाइलाहरुमा मेटिए पनि
अगाडिका पाइलाहरुमा भेटिनु मै छ
जीवन बाँच्दै जाँदा अनुभूत हुने
मिथ्या र सत्यको मेल रै'छ

हिँडे जति बाटो मेरो
नहिँडेको त खै कसको- कसको ...

अँध्यारोमा ढल्-पल् ढल्-पल्
छचल्किन खोज्ने ए मनको रारा !
आफ्नै छायाँ पनि हराउछ
नलागे सम्म आकाशका जून-तारा
थोरै मुस्कानले बाटै उज्यालो
धेरैले त झन् जीवन सारा

हिँडे जति बाटो मेरो
नहिँडेको त खै कसको- कसको ...


Read the transcreation in English in Mad Swirl

No comments:

Post a Comment

भर नहुने सहर

                              — हरीश अधिकारी   कुँडुलिएर आफैँलाई खाइरहेको सर्पजस्तो बनेको छु म सहर ।   हिजो तमासले उचालिएर...