March 21, 2019

हिमाल भर्सेस् पहाड


हिमाल भन्दा
कता हो कता राम्रा हुन्छन् पहाडहरु

ठिक्क उचाइ ठिक्क हुन्छ
धेरै अग्लिएपछि धारैधार हुन्छ
धारमा टेक्न / समाउन पुगियो भने
नराम्रोसँग काट्छन् तिनले
झुक्याएर भीर-भड्खालामा पार्छन् तिनले
झर्यो भने माथिबाट चिसो हिउँको पहिरो

नदीमुहान नै थुनिन सक्छ / पड्किन सक्छ
तल तल भक्कानिन सक्छन् गाउँबस्तीहरु
सास फेर्नै गार्हो गराउने हुन्छन् हिमचुलीहरु
तिनको बिस्वासमा मर्दै नमरी मरेजस्तो हुन्छ
हेर्दा देखिने स्निग्ध शीतल यी हिउँका चुचुराहरु
अनुभवमा सार्है कक्र्याउने हुन्छन् / पोल्ने हुन्छन्

हिमाल भन्दा
कता हो कता राम्रा हुन्छन् पहाडहरु

कति हो कति पहाडहरुद्वारा
उचालिएका यी चि S S सा कैलाश पर्बतहरु
हरियाली देखिसहँदैनन्जहिल्यै पनि
एउटै सुर हुन्छ यिनीहरुकोकसरी कक्र्याउने
 कसरी भगाउने छिटो- छिटो मान्छेहरुलाई
आफ्ना छुद्र / दरिद्र अनुहारहरु देखाएर ?

जबकि, पहाडहरु आफ्नै काखमा
एउटी ममतामयी आमाले जस्तो हुर्काउछन् हामीलाई
हर त्यो कुरा दिएर
जो आवस्यक हुन्छ हामीलाई; हो
हिमालबिनाको पहाड पहाडबिनाको हिमाल
हुनै सक्दैन, तर फेरि पनि पहाड ... पहाड नै हो !

हिमाल भन्दा
कता हो कता राम्रा हुन्छन् पहाडहरु ...

No comments:

Post a Comment

भर नहुने सहर

                              — हरीश अधिकारी   कुँडुलिएर आफैँलाई खाइरहेको सर्पजस्तो बनेको छु म सहर ।   हिजो तमासले उचालिएर...