July 22, 2007

आगोको नदी


डुब्न लागेको घामले
छाडेर जान्छ

रातले
बत्ती बालेर खोज्दै हिड्छ

आफैसँग भएका से SS ता फूलहरु
चिन्दैन

अन्धकार आँखाले
आफैलाई पनि

फेरि एक पटक
लामो शङ्ख बज्छ

शुरु हुन्छ
किरा- फट्याङ्ग्राको जीवन

आगोको नदीमा
पाइड पाइपरका सम्मोहित नानीहरु

No comments:

Post a Comment

श्रद्धाञ्जली

बाली भित्र्याउने बखत आकाशका ठेकेदारहरु  किन मरिरहेछन् यसरी  यो असिनानगरीमा !