July 22, 2007

आगोको नदी


डुब्न लागेको घामले
छाडेर जान्छ

रातले
बत्ती बालेर खोज्दै हिड्छ

आफैसँग भएका से SS ता फूलहरु
चिन्दैन

अन्धकार आँखाले
आफैलाई पनि

र फेरि एक पटक
लामो शङ्ख बज्छ

र शुरु हुन्छ
किरा- फट्याङ्ग्राको जीवन

आगोको नदीमा
पाइड पाइपर* का सम्मोहित नानीहरु ।

No comments:

Post a Comment

श्रद्धाञ्जली

बाली भित्र्याउने बखत आकाशका ठेकेदारहरु  किन मरिरहेछन् यसरी  यो असिनानगरीमा !